![]()
२०७६ पुस ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पतालमा मिर्गौलाको नियमित डायलासिस पछि घर फर्किएका छन् । प्रधानमन्त्री शुक्रबार बिहान डायलासिसका लागि अस्पताल पुगेका थिए । यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ग्राण्डी अस्पतालमा डायलासिस गराएका उनले यस पटक शिक्षण अस्पतालमा गराएका छन् । मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि प्रधानमन्त्री नियमित डायलासिस गराउँदै आएका छन् । उनको मिर्गौला पुनः प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।


