Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १०, बुटवल । बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिरोध प्रदर्शन गरेको छ । नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवल उपमहानगरपालिका विरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् । स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको विरोधमा सडकमा उत्रिएको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए ।

बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका गेटमा पुगेको थियो । बुधबार नगर प्रहरीको टोलीले सडकको फुटपाथ भन्दा बाहिर बदाम बिक्री गर्दै गरेका स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनलाई गम्भीर चोट लागेको नेपालीले बताए । संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म सघर्ष जारी रहने बताए ।

नेपालीले आफूहरू स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘हामी फुटपाथ बाहिर हाम्रो ठेला, रिक्सामा ब्यापार गरेका हौं, परिवार पाल्नु र्पयो, गरिखाने बाटो खोस्ने सरकार कस्तो हो ?’ उनीहरुको प्रश्न छ । बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । आन्तरिक राजश्व कार्यलयको साइनतर्फको फुटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ । बुटवलमा झण्डै एक हजार स्वरोजगार मजदुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed