![]()
२०७६ पुस १०, काठमाडौँ । नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक मनकुमारी राई विजयी भएकी छिन् । बुधबार भएको निर्वाचनमा राई १ हजार २ सय मत प्राप्त गरेर विजयी बनेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी संयुक्त पेशागत प्यानलकी प्राध्यापक मुना राना थापाले ८ सय मत प्राप्त गरिन् । निर्वाचनमा दुई हजार १ सय २० मत खसेको थियो । विजयी भएकी राई महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्बदा थापा, सचिवमा प्रमिता थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले विजय हासिल गरेका छन् । साथै सदस्यहरुमा विजया अधिकारी, हरि प्रसाद कोजू, सोनु शेर्पा, सपना वि.क, अन्जु कुमारी महतो, कोहिनुर फारुकी, अम्बीका पौडेल र सीता केसी निर्वाचित भएका छन् ।
निर्वाचनमा देशभरका २१ मतदान केन्द्र राखिएको थियो । धरान, विराटनगर, वीरगंज र लमजुङ ४ स्थानमा मुना राना थापाको प्यानलले जितेको छ । बाँकी १७ स्थानमा राईको प्रगतिशील प्यानलले जित हासिल गरेको हो । नतिजाको औपचारिक घोषणा भने भोलि शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ ।


