Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस ०९, पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ । इलिमिनेटेर पुग्नको लागि जित्नै पर्ने खेलमा बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो । पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगरको जितमा नोमन खानले सर्वाधिक ३५ रन बनाए । यस्तै पुनित मेहेराले ३२, जैद आलमले २४, पुष्प थापाले १८ र लोकेश बमले १३ रन बनाए । बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । बुटवलका हर्ष टंकले अर्धशतकीय इनिङ्स खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा ६७ रनको सर्वाधिक इनिङ्स खेले ।

यस्तै शिबम सिंहले ३७ र कप्तान सिदान्त लोहनीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । विराटनगरका जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे । यस्तै दिपेश श्रेष्ठ, शाहब आलमले समान १र१ विकेट लिए । जितसँगै विराटनगर ५ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहदै इलिमिनेटेरमा पुगेको हो । अब विराटनगरले फाइनल प्रवेशको लागि इलिमिनेटेरमा बुटवलसँग नै खेल्नेछ ।

बुटवल ५ खेलमा ६ अंक जोडेर लिगको दोस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । इलिमिनेटेरको विजेताले फाइनलमा चितवन राइनोजसँग खेल्नेछ । चितवन अपराजित रहदै ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । विराटनगरले बुटवलमाथि शानदार जित निकालेसँगै काठमाडौं गोल्डेन्स भने बाहिरिएको छ । ५ खेलमा ४ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा विराटनगरसँग पछि पर्यो । यस्तै धनगढी ब्लुज पनि ५ खेलमा ४ अंक जोडेपनि नेट रन रेटमा विराटनगरसँग पछि परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed