Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

Loading

२०७६ पुस ०९, महोत्तरी । ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एक जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुली गइरहेको ग ६ प १७८९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ३ पाटु भन्ने स्थानमा ठक्कर दिएको हो ।

दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु भएको छ भने सोही स्थानका २३ वर्षका कुमार खाती गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ । घाइते खातीलाई उपचारको लागि काठमाण्डौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed