Breaking News.... EverestOnlineKhabar
June 3, 2026

प्रतिबन्धमा परेका चार फुटबलरको निलम्बन घट्यो

Loading

२०७६ पुस ८, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ । यससँगै बिमल घर्ती मगरले ए डिभिजन लिग खोल्ने बाटो खुलेको छ । विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि एन्फाले विमल, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो । त्यसो हुँदा विमल र दिनेशले यो सिजन ए डिभिजन लिगका सबै खेल गुमाउँथे । तर चार खेलाडीले निलम्बन घटाउन निवेदन दिए । त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते । त्यसपछि लिग खेल्ने बाटो खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed