![]()
पोखरा : नेपाल आईटीएफ सिनियर विश्व वरीयता ग्रेड-४ टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्तर्राष्ट्रिय खेलाडी कमल थापाले विजयी सुरुआत गरेका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले ५५ वर्ष माथिको एकलमा भारतीय खेलाडी एसएन वशिष्ठलाई ६-०, ६-२ ले पराजित गरे । अर्को खेलमा अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६-०, ४-६, ६-० ले पराजित गरे । ४५ वर्षमाथि विमलकुमार गुरुङले कुलबहादुर तामाङलाई ६-२, ६-२ र उत्तम बोगटीलाई विकास गुरुङले ६-३, ६-१ को सेटमा पराजित गरे ।


