Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेकपाको प्रदेश २ मा पार्टी विधानविपरीत प्रदेश कमिटी गठन

Loading

नेकपाको प्रदेश २ मा पार्टी विधानविपरीत प्रदेश कमिटी गठन र शपथ ग्रहण भएको भन्दै विवाद चर्किएको छ । नेकपा १९ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई कारबाही गर्न माग गरेका छन् ।  केन्द्रीय सदस्यहरूले पार्टीको अन्तरिम विधानको धारा ३४(ख) विपरीत भएको भन्दै स्थायी समितिमा बढुवा भएका रघुवीर महासेठलाई अविलम्ब घटुवा गर्न माग गरिएको केन्द्रीय सदस्य गोपाल ठाकुरले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेर १९ जना केन्द्रीय सदस्यले सोमबार हस्ताक्षर बुझाए  ।  प्रदेश २ मा मनोनयन गरिएका नेताका ठाउँमा वरिष्ठ र योग्यताका आधारमा मनोनयन गर्न माग गरेका छन् । । नातावाद, कृपावादका आधारमा तथा नेताका आसेपासे मनोनयन गरिएको ठाकुरले बताए । पर्सा र बारामा गराइएको शपथग्रहण रद्द गर्न पनि उनीहरूको माग छ । ३ भदौ २०७६ मा काम गर्ने वातावरण नभएको भन्दै प्रभु साहले अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएका थिए । प्रचण्डले राजीनामा स्वीकृत नगरी काममा फर्किन निर्देशन दिएका थिए ।                                                                                               हस्ताक्षर बुझाउने केन्द्रीय सदस्यहरू  
गोपाल ठाकुर, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगतप्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रवीन्द्र बैठा, भरत साह, रामेश्वर राय यादव र यदुवंश झा  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed