Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा नेताहरु भेला

Loading

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरसमूहका नेताहरु छुट्टै भेलामा जुटेका छन्। महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न उनीहरु छलफलमा जुटेका हुन्।बुधबार बिहानैदेखि कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा नेताहरु भेला भइ छलफलमा व्यस्त भएका छन्।

पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु भेलामा जुटेका हुन्।देउवाले एकलौटीरुपमा पार्टी चलाएको आरोप लगाउँदै उनीहरु छुट्टै रणनीति बनाउन थालेका हुन्।उनीहरु मंगलबार पनि यही विषयमा छलफलमा व्यस्त रहे।

नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका छन्।

छलफलमा रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शंसाक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी छन्। मंगलबार पार्टीको केन्द्रिय समितिले बहुमतबाट पारित गरेको नयाँ विधानको केही बुँदाहरु सच्याउन कांग्रेसका ५६ जिल्ला सभापतिले माग गरेका थिए।

जिल्ला सभापतिले महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित केन्द्रिय समितिबाट विधान पारित गरेको भन्दै सच्याउन माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed