Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेविसंघका दुई समूहबीच हात हालाहाल

Loading

काठमाडाैँ – नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ। विवादले चर्काे रूप लिएकाे छ। दुई समूहबीच ढुंगा हानाहान भएकाे छ। यसैबीच प्रहरीले लाठी चार्ज गरेकाे छ।

पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने। सिटौला समूह त्यसको विपरीत छ।

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी महामन्त्री निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेको छ। विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ। आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed