Breaking News.... EverestOnlineKhabar
June 26, 2026

शेखर कोइराला भन्छन् : मुलुकमा निरंकुशताको बादल मडारियो

Loading

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको बताएका छन् ।

६९औं प्रजातन्त्र दिवसको अवसरमा एक वक्तब्य जारी गर्दै नेता कोइरालाले अहिले मुलुक इतिहासकै संकटपूर्ण अवस्थामा आइपुगेको पनि जिकिर गरेका छन् ।

‘मुलुकमा अहिले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको छ। सर्वसत्तावाद र निरंकूशताको बादल देखिन थालेको छ’, कोइरालाले भनेका छन्, ‘जसले गर्दा सहिदहरूको रगतसॅग साटिएको जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढेर गएको छ।’

कोइरालाले मुलुक खतरामा पुगेकाले अब थप जिम्मेवार बन्नुपर्ने समय आएको बताएका छन् । कोइरालाले शुभकामनाका क्रममा लोकतन्त्रका पक्षमा र निरंकूशताविरुद्ध लड्न सक्ने शक्तिका लागि पनि कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed