Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाल आएका भारतीय गायक सोनु निगम अस्पताल भर्ना

Loading

काठमाडौं – चर्चित भारतीय गायक सोनु निगम अस्पताल भर्ना भएका छन्। एक सांगीतिक कार्यक्रमका लागि आइतबार पाेखरा अाएका निगमको ढाडमा अत्याधिक दुखाई भएपछि दिउँसो १ बजे काठमाडाैंकाे नर्भिक अस्पताल भर्ना भएका हुन्।

केही बेरमा उनको ढाडको एमआरआइ गरिने नर्भिकका नायब महाप्रबन्धक संस्थागत संचार आरपी मैनालीले जानकरी दिए।

“चिकित्सकीय भाषामा उहाँलाई एक्युट ब्याक पेन अर्थात ढाडको दुखाई भएको हो। केही बेरमा एमआरआइ गर्दैछौं एमआरआइको रिपोर्ट हेरेपछि मात्र उहाँलाई अस्पताल नै राख्ने या आरामका लागि होटल पठाउने भन्ने टुंगो हुन्छ” मैनालीले भने। अस्पतालका अनुसार निगमलाई डाक्टर पंकज जलानको टोलीले हेरिरहेको छ।स्रोतका अनुसार निगम आज ३ बजे मुम्बर्इ फर्कने कार्यक्रम थियाे। तर, निगम अस्पताल भर्ना भएका कारण उनकाे उडान रद्द भएकाे छ। सांगीतिक कार्यक्रमका लागि छोरा र श्रीमती सहित नेपाल आएका आएका निगम पोखराबाट राजधानी आउने क्रममा बिरामी परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed