Breaking News.... EverestOnlineKhabar
June 26, 2026

आज विश्वभर ‘प्रेम दिवश’ ? केहि रोचक तथ्यहरू

Loading

प्रेम जोडीका लागि फेब्रुअरी विशेष महिना हो । यस महिनाको एक हप्तालाई ‘भ्यालेन्टाइन्स विक’का रूपमा मनाउने गरिन्छ । भ्यालेन्टाइन्स विकको सुरुवात ‘रोज डे’बाट सुरु हुन्छ । गुलाबलाई प्रेमको संकेतका रूपमा लिइन्छ । फरक–फरक रङका गुलाबको अर्थ पनि फरक–फरक छन् । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ भने पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । त्यसैले तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने रातो गुलाब दिन सक्नुहुन्छ ।

यसकारण मनाईन्छ आजको  दिन प्रेम दिवशः

सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।

इ.सं.२६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।

रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी ?

सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने । उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए । किनभने, अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो ।

विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।

जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । र, भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

उनीसँग जोडिएको अर्को पनि कथा छ । भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन् ।

भ्यालेन्टाइन दिवसको बारेमा रोचक तथ्यहरूः 

– नेपालमा सन् १९९० ताका देखि भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो। टेलिभिजन च्यानेलहरूबाट अन्तराष्ट्रिय मिडियाले यस पर्वको बारेमा प्रचार गर्न थालेपछि नै नेपालमा यो पर्व मनाउन थालिएको हो।

– भ्यालेन्टाइन दिवसको लागि विश्वभरी १ अर्ब भन्दा बढि कार्डहरू आयात-निर्यात हुने गर्छन्। क्रिसमस पछिको सबैभन्दा बढि कार्ड आयात(निर्यात हुने पर्व भ्यालेन्टाइन नै हो।

– मध्याकालीन समयमा, युवायुवतीहरूले चिट्ठाबाट आफ्नो भ्यालेन्टाइनको नाम थुत्ने गर्दथे। एक हप्तासम्म उनीहरूले उक्त नामलाई सबैले देख्ने गरी आफ्नो लुगाको बाहुलामा टाँसेर हिँड्ने गर्दथे।

– सन् १८०० ताका, ‘रिचार्ड क्याडबरी’ले भ्यालेन्टाइन दिवसको लागि चकलेटको पहिलो बक्स निर्माण गरेका थिए।

– विश्वभरीमा, भ्यालेन्टाइन दिवसको लागि फूल किन्ने ७३५ व्यक्तिहरू पुरुष हुन्छन् भने २७५ मात्रै महिलाहरू हुन्छन्।

– रोमन धर्मसंस्कृतिका देवी ‘भेनस’को मनपर्ने फूल ‘गुलाफ’ थियो।

– रातो गुलाफलाई ‘प्रेमको फूल’ मानिन्छ किनभने रातो रङ्गले बलियो रोमाञ्चक भावनालाई सङ्केत गर्दछ।

– विश्वभरीमा हरेक वर्ष २,२०,००० प्रेमजोडीले भ्यालेन्टाइन दिवसको बेला बिहेको प्रस्ताव राख्ने गर्छन् ।

– हरेक भ्यालेन्टाइन दिवसको दिनमा, सेक्सपियरको रोमियो-जुलियटको शहर भेरोना ९इटली०मा जुलियटको नाममा १,००० भन्दा बढि प्रेमपत्र पुग्दछ।

– सन् २००७ मा फिलिपिन्समा ६,१२४ प्रेमजोडीहरूले सामुहिक चुम्बन गरेर गिनिज बुकमा नाम पनि लेखाएका थिए।

– २१ औँ शताब्दीको सुरुवाततिर, इरानका पादरीहरूले भ्यालेन्टाइन दिवसलाई धर्मविरुद्ध भन्दै आलोचना गर्ने गर्दथे। त्यसपछि सन २०११ मा, भ्यालेन्टाइन सम्बन्धी कुनै पनि क्रियाकलाप गरे मृत्युदण्ड दिने घोषणा भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed