Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अभिनेता महेश आनन्द अब हाम्रो बीचमा छैनन् :बलिउडका प्रभावशाली भिलेन

Loading

याँदिल्ली : कुनैबेलामा बलिउडका प्रभावशाली भिलेनको रुपमा चिनिएका अभिनेता महेश आनन्द अब हाम्रो बीचमा छैनन् । शनिबार उनको मृत शरीर यारी रोडस्थित उनकै निवासबाट बरामद भयो । पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु प्राकृतिक नै बताइएको छ ।

उनको मृत शरीर ट्र्याकसूट पहिरिएको अवस्थामा थियो । साथै उनको साथमा मदिरा समेत देखिन्थ्यो । तर बिडम्वना त के भने, उनको मृत शरीर उठाउन आफन्त र परिवारका सदस्य कोही पनि आएनन् ।

जब महेश आनन्दको मृत्यु भयो, उनको घरमा अन्य कोही थिएन । लामो समयदेखि उनी यहाँ एक्लै रहँदैआएका थिए । जब कि, उनका एक छोरा त्रिशुल आनन्द छन् ।
तर उनकी बहिनी आएर ओशिवारा शमशान भूमिमा उनको मृत शरीरको अन्तिम संस्कार गर्नुपरेको थियो । उनको पत्नीको साथ पनि राम्रो सम्बन्ध नरहेको बताइन्थ्यो । भारतीय मिडियाका अनुसार महेशले ५ पटकसम्म विवाह गरेका थिए । तर यथार्थ के पनि हो भने १२ महिलासँग उनको सम्बन्ध थियो । कसैसँग उनले विवाह नै गरेका थिए भने कोहीसँग लिभ ईन रिलेशनशीपमा थिए ।

महेश अन्त्यतिर केही वर्षयता डिप्रेशनमा नै थिए । प्रोड्युशर पहलाज निहलानी भन्छन्, ‘महेशले मेरा केही फिल्ममा काम गरेका थिए । पछिल्ला केही वर्ष उसले मलाई फोन गरेर केही फिल्ममा साइन गर्न सक्छु भनेर सोध्यो । मैले उसका लागि भुमिका सृजना गर्दै गरेको सुनाएँ ।’

निहलानीका अनुसार उनीहरुले ७ दिनसम्म रंगीला राजका लागि सँगै बिताएका थिए । महेश एक्लोपन र डिप्रेशनसँग जुधिरहेका थिए । यसको लागि उनी अत्याधिक रक्सी पिउँथे पनि । यतिसम्म कि, उनले आत्महत्याको प्रयास समेत गरेका थिए । तर उनको यस्तो तयारी सार्वजनिक भएपछि उनका साथीहरुले निवासमै पुगेर रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed