Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सन्दीपको ३ दशमलव ४ ओभरमा ११ रन दिँदै ३ विकेट: मेलवर्न सेमिफाइनलमा

Loading

काठमाडाैं – बिग ब्यास लिगमा मेलवर्न स्टार्सबाट सहभागिता जनाएका सन्दीप लामिछानेले आइतबार सम्पन्न सिड्नी सिक्सर्स विरुद्धको खेलमा सर्वाधिक ३ विकेट लिएका छन्।

सन्दीप सिक्सर्स विरुद्धको खेलमा आफ्नो टोलीबाट सबैभन्दा बढी विकेट लिने तथा कम इकोनोमिमा बलिङ गर्ने खेलाडी बने। उनले ३ दशमलव ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए। उनले आफ्नो स्पेलमा एक मात्रै बाउन्ड्री चौकाको रुपमा दिए। लामिछानेले टम कुरानलाई १०, बेन ड्वारियसलाई ७ तथा लियोड पोपलाई ५ रनमा आउट गरे। सन्दीपले म्याक्सवेलको बलमा सिक्सर्सका कप्तान हेनरिक्सको क्याच समेत लिएका थिए।

यसैबीच सन्दीपको टोली मेलवर्न आइतबारको जितसँगै सेमिफाइनल प्रवेश गरेको छ। सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलवर्न सेमिफाइनल प्रवेश गरेको हो। मेलवर्नले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको सिक्सर्स १३ दशमलव ४ ओभरमा ७४ रनमै अलआउट भएपछि सन्दीपको टोली मेलवर्नले सेमिफाइनल यात्रा तय गरेको हो। मेलवर्नका कप्तान म्याक्सवेलले सर्वाधिक ८२ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed