![]()
स्वीस बैंकमा नेपालीले अहिलेसम्म ५२ अर्ब ७ करोड रुपैयाँ जम्मा गरेका छन् । त्यसवापत ७७ करोड रुपियाा ब्याज पनि पाएका छन् । साढे १५ अर्ब रुपैयाँ झिकेका कारण ३५ अर्ब ८४ करोड रुपियाा बााकी देखिएको हो । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष २०५२ देखि स्वीस बैंकमा नेपालीले रकम जम्मा गर्न थालेको विवरणमा उल्लेख छ । द्वन्द्व सुरु भएको वर्ष नै साव अर्ब रुपियाा नेपालीले स्वीस बैंकमा बचत गरेको देखिन्छ । द्वन्द्वकालको १० वर्षे अवधिमा २७ अर्ब १५ करोड रुपियाा नेपालीले स्वीस बैंकमा पुर्याएका छन् । तर, द्वन्द्व सकिएपछिका दुई वर्षमा सबैभन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेका छन् । शान्ति सम्झौता भएको वर्ष २०६३ मा मात्रै ४ अर्ब १५ करोड रुपैयाँ बराबरको धन त्यहाा जम्मा भएको छ भने अर्को वर्ष ३ अर्ब ९० करोड रुपियाा नेपालीले त्यहाँ बचत गरेका छन् । अवैध कारोबारको छानबिन गर्ने सम्पत्ति शुद्धीकरण विभाग गठन भएपछिका १० वर्षमा मात्रै २४ अर्ब ९२ करोड रुपैयाँ स्वीस बैंकमा नेपालीका नाममा बचत जम्मा भएको छ । सबैभन्दा बढी काठमाडौाको बानेश्वर, गंगादेवी टोल ठेगाना उल्लेख गरेकी मिनु शाह छिब्बर र उनको परिवारको नाममा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । पछिल्लो समय बेलायत र नेपालमा बसोबास रहेकी मिनुले भारतीय नागरिकसंग। विवाह गरे पनि छोराहरुलाई नेपालकै नागरिकता दिलाएकी छन् । आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले अवैध आर्जन स्वीस बैंकमा जम्मा गर्न सहज मानिन्छ । विदेशमा नेपालीले लगानी गर्न प्रतिबन्ध भए पनि ५५ जना नेपालीले गैरकानुनी रुपमा पुजी विदेश पुर्याई लगानी गरेका छन् । यसमा प्रतिष्ठित उद्योगपति, व्यापारी, डाक्टर, प्राध्यापक, राजनीतिक नेता देखि समाजमा नामै नसुनिएकासम्म छन् ।


