Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं । वाइडबडी विमान खरिदबारे छानविन गर्न संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ। सिंहदरबारमा बुधबार बिहान बसेको समितिको बैठकले वाइडबडी विमान खरिदबारे छानविन गर्न नेपाली का‌ंग्रेसका सा‌ंसद राजन केसीकाे संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको गरेको हो ।

केसीको संयोजकत्वमा गठित समितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य रहेका छन्। समितिले बाइडबडी विमान खरिदबारे छानविन गरेर प्रतिवेदन १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

नेपाल वायु सेवा निगमले वाइडबडी विमान भित्र्याउँदा ठूलो आर्थिक अनियमितता भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले ठहर गरेको छ। निगमले २४ अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर असार १४ र साउन १० गते गरी दुई वटा विमान नेपाल भित्र्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.