Breaking News.... EverestOnlineKhabar
August 23, 2026

Loading

काठमाडौं । मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को ताज जित्ने सपना अधुरो बन्न पुगेको छ। मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भए पछि उनको यात्रामा विराम लागेको हो।

चीनमा  उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्। उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन्।

शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छन्। उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छन्।

शृङ्खला

धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएको पाइयो। कैयौं प्रशंसकले उनले उपाधि जिते पनि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ प्रतिक्रिया दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.