Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विवादमा परेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पालाई सरकारले बोलायो, परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्ने

Loading

काठमाडौं । आरोप र प्रत्यारोपबीच अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि नेपाल बोलाएको छ ।अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न  उनलाई काठमाडौं बोलाएको हो। राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै  गम्भीर बनेको हो।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन्।

आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले  बताए। राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.