![]()
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथलाई २–१ ले हराएको छ । अवे मैदानमा भएको खेलमा आर्सनलले एक गोल गर्यो भने एक गोल उपहारमा पायो ।
बोर्नमाउथका लागि किङ्गले गोल गरे । ३० औँ मिनेटमा बोर्नमाउथका लेमारले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा किङ्गले बोर्नमाउथका लागि गोल गरे ।
६७ औँ मिनेटमा पिएर एमरिकले गोल गरेपछि आर्सनल विजयी भयो । जितपछि पाँचौँ स्थानको आर्सनलको १३ खेलबाट २७ अंक भएको छ । आर्सनल सबै प्रतियोगितामा गरेर १७ खेलमा अपराजित छ ।


