Breaking News.... EverestOnlineKhabar
June 26, 2026

संविधानबिद् नीलाम्बर आचार्य भारतका लागि राजदूत सिफारिस

Loading

काठमाडौं । सरकारले संविधानविद् नीलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।  मन्त्रिपरिषदको बैठकले नेपाल भारत प्रवुद्ध समूह (इपीजी) का सदस्य समेत रहेका आचार्यलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको हो।

नेपालका लागि भारतीय राजदूत रहेका दीपकुमार उपाध्याय राजदूतबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन आएपछि दूतावास राजदूतविहीन छ। आचार्य २०४६ सालको परिवर्तनपछि बनेको कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारका कानुन मन्त्री पनि हुन्।

यसअघि सरकारले निर्वाचन आयोगका पूर्व मुख्य निर्वाचन मुख्य आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेपनि पछि फिर्ता लिएको थियो।

यस्तै, बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ। पूर्व एमालेका नेतासमेत रहेका यसअघि साउदी अरेबियाका लागि नेपाली राजदूत भएर काम गरिसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.