Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ठग्स अफ हिन्दूस्तानले दर्शकलाई मात्र होइन आफै पनि ठगियो

Loading

एजेन्सी । बलिउडको महंगो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले समीक्षक र दर्शकको निकै खराब प्रतिक्रिया पायो । यसैले, बक्स अफिसमा पनि समीक्षाको असर देखिन थालेको छ ।

चलचित्रले निर्माताको आँकडा अनुसार ५२ करोडको ओपनिङ गरेको देखाइएको छ । तर, ट्रेडहरुले भने चलचित्रले ४२ करोडको ओपनिङ गरेको स्पष्ट पारेका छन् । शुक्रबार भने चलचित्रको व्यापारमा निकै गिरावट आएको छ । शुक्रबार निर्माताको आँकडामा नै चलचित्रले २८ करोड व्यापार गरेको छ । तर, ट्रेडका अनुसार शुक्रबार चलचित्रले २२ करोडको व्यापार गरेको छ ।

शनिबार चलचित्रको व्यापार निर्माताको अनुसार २३ करोड छ । ट्रेडका अनुसार चलचित्रको शनिबारको व्यापार २१ करोड छ ।   अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ जस्ता स्टारले अभिनय गरेको यो चलचित्रको कमाइ समीक्षा जस्तै खराब देखिएको छ ।  चलचित्रको व्यापार निकै कम हुने देखिएको छ ।

साढे २ सय करोडमा बनेको यो चलचित्रले १५० करोडको वरिपरी नै सीमित हुने देखिएको छ । यसले चलचित्रका वितरकहरुलाई ठूलो रकम घाटा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.