Breaking News.... EverestOnlineKhabar
August 14, 2026

सरकारलाई कांग्रेसको प्रश्न– प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने, प्रदेश १ का मुख्यमन्त्रीलाई अनुमति नचाहिने ?

Loading

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अमेरिकामा समाचार लेखेकै भरमा पत्रकार कुटिएको घटनाबारे सरकासँग प्रश्न गरेका छन्। बिआरटी नेपालका सम्पादक लोकमणि राईमाथि कुटपिट भएको घटनाप्रति इंगित गर्दै प्रवक्ता शर्माले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणमाथिसमेत प्रश्न उठाएका छन्।

ट्वीटरमा उनले लेखेका छन्, बिदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सही थियो। तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने, १ कालाई अनुमति नचाहिने। यो न्याय, स्वतन्त्रता कि अराजकता @PM_Nepal? पत्रकार लोकमणि राई यही प्रकरण पिटिएका छन्। निर्देशन के छ,लाज छोप्ने कि कलम निमोठ्ने????’

उपचारका लागि बैँकक हिँडेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed