Breaking News.... EverestOnlineKhabar
June 26, 2026

काठमाडौंमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

Loading

काठमाडौं । काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् । ‘तिहारमा देउसीभैलो खेल्न राति १० बजेसम्मको समय निर्धारण गरेका छौं, चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न अनुरोध गरेका छौं, त्यसलाई आपराधिक बनाउने, हुलदंगा गर्ने, विस्फोटक पदार्थ पड्काउने जस्ता गतिविधि स्वीकार्य हुन्न’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.