![]()
काठमाडौं। दशैँ तिहारका कारण राजधानीमा रगतको अभाव भएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा.मनीता राजकर्णीकारले रक्तदान कार्यक्रम भए पनि स्थगित हुने गरेको बताइन् । निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।
उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन । ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ ।


