Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब पीएसजीले लगातार १२ खेलमा जित निकाल्दै लगातार १२ खेलमा जित निकाल्ने टिमको कीर्तिमान बनाएको छ। यसअघि लगातार ११ खेल सम्म जित निकाल्दै टोटनह्यामले युरोपियन फुटबलमा सर्वाधिक लामो जितको रेकर्ड राखेको थियो।

पछिल्लो खेलमा लिलीविरुद्ध २–१ को जित निकाल्दै पिएसजीले १२ खेलमा निरन्तर जित निकालेको हो। घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र नेमारले समान एक–एक गोल गरे।

लिलीका निकोलस पेपेले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। ८४ औँ मिनेटमा नेमारले गोल गरेपछि पीएसजी २–० ले अघि रह्यो। खेलको इन्जुरी समयमा लिलीका पेपेले पेनाल्टीबाट एक गोल फर्काए पनि पीएसजीलाई हराउन पर्याप्त भएन। समग्रमा पिएसजीले २–१ को जित निकाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed