![]()
एजेन्सी । निर्देशक सञ्जयलिला भंसालीले कुनै समय तीतो सम्बन्ध रहेका बलिउडका हस्ती सलमान खान र साहरुख खानलाई एकसाथ पर्दामा उतार्न कोसिस गर्दैछन्। रिपोर्टका अनुसार उनले साथीबाट दुश्मन बनेका दुई पात्रको कथामाथि फेमिली ड्रामा बनाउँदै छन्।
सलमान र शाहरुख स्टोरी लाइन र प्रस्तावमा सकारात्मक सुनिएपनि फिल्म लेखनको काम नै पुरा नभएको जनाइएको छ। भंशालीले भने,’सबै काम योजना अनुसार बन्दै गए ९ महिनामा फाइनल ड्राफ्ट पुरा हुन्छ।‘
यसअघि दुई बलिउड स्टारले करण अर्जुन, कुछ कुछ होता हे, हम तुम्हारे हे सनममा एकसाथ काम गरेका छन्।


