Breaking News.... EverestOnlineKhabar
October 2, 2026

न्युजिल्याण्डमा ६.१ रेक्टर स्केलको भूकम्प, सांसदहरुबीच भागाभाग

Loading

बीबीसी । न्यूजिल्यान्डको मध्य क्षेत्रमा  ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ। भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरूले बताएका छन्।

वेलिंटनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पलगत्तै सांसदहरूले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको जनाएको छ। वेलिंटनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ। प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भूभागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गरेका छन्।

गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed