Breaking News.... EverestOnlineKhabar
August 9, 2026

सरकारका मन्त्रीहरुको बिदेश मोह, उर्जा मन्त्री पुन सर्बिया प्रस्थान

Loading

काठमाडौ । सरकारका मन्त्रीहरुको बिदेश मोह बढेको भन्दै जति आलोचन भएपनि उनीहरुको बिदेश जानेक्रम भने रोकिएको छैन । सरकारका मन्त्री मात्र नभई सत्तारुढ दल नेकपामा नेताहरु नै बिदेश भ्रमणमा बढी रुची राखिरहेका छन । यो बिषयमा पार्टी भित्र ब्यापक आलोचना भएपनि नेताहरुले भने एक कानले सुन्ने र अर्को कानले उडाउने गरिरहेका छन ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मात्र नभई वरिष्ठ नेता माधव नेपाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु लगातार बिदेश भ्रमण गर्दै छन। अहिले सरकारका उपप्रधानमन्त्रीसहित रहेका ईश्वर पोखरेल चीन भ्रमणमा छन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीनमा छन । यहीबेला उर्जा मन्त्री पुन पनि सर्बिया प्रस्थान गरेका छन ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री  पुन सर्बिया सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका हुन् । सर्बियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन  त्यसतर्फ गएका हुन ।

सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसँगै उर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा समेत भ्रमण दलमा सहभागी छन ।

सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उनले आफ्ना समकक्षी उर्जा र माइन हेर्ने सर्र्बियाका मन्त्री एलेकजेण्डर एण्टिकसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed