Breaking News.... EverestOnlineKhabar
June 20, 2026

‘राष्ट्रपति ट्रम्पको बोलीले हिंसा गर्न उक्सायो’

Loading

बीबीसी । न्यूयोर्क शहरका मेयरले सीएनएन समाचार संस्था तथा बराक ओबामा एवम् हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवादी कार्य भनेका छन्।

शंकास्पद विस्फोटक पदार्थका पोका न्यूयोर्क, वाशिङ्गटन डिसी तथा फ्लोरिडाका स्थानहरूमा पठाइएका थिए। न्यूयोर्कका मेयर बील डे ब्लाजियोले पत्रकारहरूसँग कुरा गर्दै ती घटनालाई आतंकित पार्ने प्रयास भने। हिँसात्मक कार्यका माध्यमबाट स्वतन्त्र प्रेस तथा देशका नेताहरूलाई तर्साउने प्रयास भएको उनले बताए।

संघीय जाँच ब्युरो एफबीआइ ले यी घटनाको अनुसन्धानलाई उच्चतम प्राथमिकता दिइएको बताएको छ। उसले हालसम्म त्यस्ता विस्फोटक पदार्थका पाँचवटा पोका पत्ता लगाइसकेको छ। जसमध्ये एउटा चाहिँ पाइप बम भएको पुष्टि भएको छ।

त्यो उदारवादी परोपकारी अर्बपति जर्ज सोरोसको घरमा दुई दिन अघि भेटिएको थियो। बुधवार बिहान सीएनएनको न्यूयोर्क कार्यालयको चिठीपत्र राखिने कोठामा बम पठाइएको भेटिएपछि सुरक्षाको निम्ति कर्मचारीहरूलाई बाहिर निकालिएको थियो।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता डरधम्कीको निम्ति कुनै स्थान नभएको बताए। अमेरिकी जनताको सुरक्षा आफ्नो सबभन्दा प्रमुख प्राथमिकता भएको उनले बताए। न्यूयोर्कका गभर्नर एन्ड्रु कुओमोले, उनकै शब्दमा, अतिरञ्जित अभिव्यक्तिहरूले मानिसहरूलाई हिँसात्मक गतिविधिमा धकेलिदिएको बताएका छन्।

फ्लोरिडामा आयोजित एउटा कार्यक्रममा सिक्रेट सर्भिसलाई धन्यवाद दिँदै पूर्व अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले भनिन्, “यो निकै विभाजन भइरहेको समय हो। हामीले देशलाई एकताबद्ध बनाउन जे गर्न सकिन्छ त्यो गर्नुपर्छ।”

यी विस्फोटक पदार्थहरूको सबै सम्भावित निशानामा खासगरि राष्ट्रपति ट्रम्प तथा उनका समर्थक समूहले निरन्तर आलोचना गर्दै आएकाहरू परेका छन्। केही डेमोक्र्याटहरूले राष्ट्रपतिलाई उनको बोलीमार्फत हिँसा गर्न उक्साएको आरोप लगाएका छन्।

अमेरिकामा नोभेम्बरमा संसदीय चुनावको संघारमा यी घटना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed