Breaking News.... EverestOnlineKhabar
June 26, 2026

तात्यो मानवअधिकार आयोग, सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्दै

Loading

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।  मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरेपनि कार्यान्वयन नभएपछि आयोग स्वयमले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।

मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही गर्न सिफारिस गर्ने तर कारवाहीको प्रक्रिया अघि बढ्न नसक्दा आयोग सिफारिसको अंग मात्रै भएको भन्ने जनगुनासो बढेपछि आयोगले आफ्नो अधिकार प्रयोग गरि सिफारिस कार्यान्वयन नगर्ने मन्त्रालय वा सम्बन्धीत अधिकारीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।

सिफारिस कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने तयारी गरेको आयोगले ६ महिना वितिसक्दा पनि सो सम्बन्धी कार्यविधिलाई अन्तिम टुंगो लगाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.