![]()
बीबीसी । संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिनुभएको छ । सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रुपमा कार्यरत हेलीको आकस्मिक राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकृत गर्नुभएको छ ।
राजीनामाबारे विस्तृत तथ्य बाहिर नआएपनि राष्ट्रपति ट्रम्प र हेलीबीच ओभल कार्यालयमा भेटघाट भएको अमेरिकी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साउथ क्यारोलाईनाको पूर्व गर्भनर समेत रहेकी हेलीको राजीनामाले सबैलाई चकित बनाएको छ ।


