![]()
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालनमा ल्याएको काठमाडौंको कमल पोखरीस्थित सिटी सेण्टरमा ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो ।
दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरतास्वरुप दशैं मेला आयोजना गरेको बताएको छ ।


