Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राजपामा शीर्ष ६ नेताको सिण्डिकेट कायमै, महाधिवेशनपछि पनि केन्द्रमा ‘अध्यक्ष मण्डल’ कायमै रहने

Loading

काठमाडौँ  । अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशनपछि पनि अध्यक्षमण्डल प्रणालीमा जाने निर्णय गरेको छ । ०७४ बैशाख ७ गते गठन भएको राजपा नेपालमा छवटा दल समाहित भएका छन् । छ दल मिलेर बनेको राजपा नेपालमा एक ६ सदस्यीय अध्यक्षमण्डल रहेको छ ।

आउँदो बैशाखमा हुन लागेको महाधिवेशनपछि अध्यक्षमण्डल राख्ने कि नराख्ने पार्टीभित्र छलफल भएपश्चात अन्नतः अध्यक्ष मण्डल नै राख्ने निष्कर्ष निकालिएको हो ।  असोज १५ गते निर्वाचन आयोगलाई बुझाएको विधानका धारा ३१ को उपधारा १२ मा अध्यक्ष मण्डल राख्ने उल्लेख गरेको छ । महाधिवेशनसम्मका लागि अन्तरिम विधान तयार पार्न बसेको अध्यक्ष मण्डलको बैठकले सो निर्णय गरेको बताइएको छ ।

विधानमा भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदा महाधिवेशनपछि समेत रहनेछ ।’

महाधिवेशनपछि अध्यक्षमण्डल रहने भनिए पनि तल्लो समितिमा अध्यक्षमण्डलको प्रावधानलाई हटाइएको छ ।  अन्तरिम विधान अनुसार पार्टीको छवटा तल्लो समिति रहनेछ । वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपाकिाल कार्यसमिति, प्रदेशभास निर्वाचन क्षेत्रीय कार्यसमिति, संसदीय निर्वाचन क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति रहेका छन् ।

जसमा प्रत्येक कार्यसमितिमा एकजना अध्यक्ष, दुईजना उपाध्यक्ष, एकजना सचिव, दुईजना सहसचिव र एकजना कोषाध्यक्षसहित सदस्यहरुको व्यवस्था गरिएको छ । एक वर्षअघि अर्थात् २०७४ वैशाख ७ गते मधेसका छवटा पार्टी मिलेर राजपा नेपाल गठन भएपछि पार्टीलाई सामूहिक नेतृत्व दिने र चक्रिय प्रणालीद्वारा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त अध्यक्ष मण्डलको अध्यक्षता प्रत्येक अध्यक्षले दुई–दुई महिनामा पालैपालो गर्ने भनी निर्णय गरेको थियो । त्यस्तै, महाधिवेशनपछि अध्यक्षमण्डलीय प्रणाली अन्त्य गर्ने सम्झदारी गरेको थियो । असार ४–६ सम्म बसेको राजपा नेपालको राजनीतिक समितिको बैठकमा एकल अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.