Breaking News.... EverestOnlineKhabar
June 27, 2026

माधव नेपालको घर अगाडिको बाटो चिल्लो बनाउन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन

Loading

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले  बरिष्ठ नेता माधवकुमार नेपालको घर अगाडिको बाटो चिल्लो बनाउन सडक बिभागलाई निर्देशन दिएका छन। सरकारप्रति सार्बजनिक असन्तुष्टी राख्दै बेग्लै भेलासमेत गरिरहनु भएका बरिष्ठ नेता नेपालले प्रचण्डको घर अगाडिको चिल्लो भएको तर आफ्नो घर अगाडिको बाटो खाल्डो परेको गुनासो गरेको जनाउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

‘मैले पनि उहाँको अन्तर्वार्ता पढेपछि अचम्म लाग्यो । प्रचण्डको घर जाने बाटो चाहिँ चिल्लो पार्ने अनि माधव नेपालको घर जाने बाटो खाल्डो बनाउने कुरा त सरकारले अवश्य सोचेन’ पोखरेलले एक अन्तवार्तामा भन्नुभयो,‘ अब धेरै ठाउँमा बेथितिहरु छन् । त्यो बेथितिलाई अन्त्य गर्नुपर्छ । तर, जुन विषय उहाँलाई भित्रैदेखि घोचेको रहेछ, त्यो कुरा उहाँले राख्नुभएको छ । बाटो बनाउनेहरुले बनाउनुपर्छ ।’

पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले नेता नेपालको असन्तुष्टी के भन्ने आफूले बुझ्न नसकेको पनि बताउनुभयो । नेपाललाई कार्यवाहक अध्यक्ष नदिएकोबारेमा भने आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । नेता नेपालले संसदमा बोलेको र भोलिपल्ट गरेको अनौपचारिक भेलाको पोखरेलले बिरोध गर्नुभयो ।

नेता नेपालले आफूलाई फाइदा हुँदासम्म  चुपचाप लागेको तर त्यसो नहुँदा बिरोधमा उत्रेको पोखरेलले बताउनुभयो । उहाँले आफूलाई केन्द्रित गरेर धेरै चिडचिडाहट नदेखाउन नेपाललाई सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.