Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

बीबीसी । इरानी नेताहरूले एहवाज शहरमा भएको सैनिक परेडमा गोली प्रहारका लागि अमेरिका समर्थित खाडी देशहरू जिम्मेवार रहेको आरोप लगाएका छन्। परेडको अवलोकन गरिरहेका सर्वसाधारण र परेडमा संलग्न सैनिकहरूमाथि भएको सो हमलामा चार वर्षिया एक बालिकासहित २५ जनाको ज्यान गएको थियो। चार जना आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका थिए।

सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले उनकै शब्दमा “अमेरिकी कठपुतली”हरूले इरानमा असुरक्षा बढाइरहेका छन्। बन्दुकधारीहरूले रिभोलुस्नरी गार्डका सेना र अधिकारीमाथि लक्षित गरी गोली प्रहार गरेको हुन सक्ने ठानिएको छ।

यसअघि सरकार विरोधी एउटा अरब समूह “एहवाज न्याश्नल रिजिस्टेन्स” तथा इस्लामिक स्टेट दुवैले सो हमलाको जिम्मा लिएका थिए। तर तिनको दाबी पुष्टि गर्ने कुनै प्रमाण उपलब्ध भएका छैनन्। इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाएका थिए।

इरान सरकारले नेदर्ल्याण्डस् डेनमार्क र ब्रिटेनका राजदूतहरूलाई बोलाउँदै उनीहरूका देशहरूले इरानी विपक्षी समूहहरूलाई समर्थन गरेको आरोप लगाएको छ। एक स्थानीय अरबी पृथकतावादी समूह अल अभाजियमले हमलाको जिम्मेवारी लिएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार त्यो समूहका सदस्यहरू नेदर्ल्याण्ड्स र डेनमार्कसहित युरोपेली देशहरूमा छरिएर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed