Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले एक वर्षको नयाँ सम्झौता गरेका हुन् । सम्झौता अनुसार उनी सन् २०२१ सम्म म्यानचेस्टर सिटीमै रहनेछन् ।

३० वर्षका अग्युरो सन् २०११ मा एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटी आएका हुन् । त्यसयता अर्जेन्टिनी अग्युरोले म्यानचेस्टर सिटीका प्रमुख सफलताहरुमा प्रमुख भूमिका खेलेका छन् ।

उनले तीनपटक प्रिमियर लिगको उपाधि जितेका छन् भने तीनैपटक इएफएल कपको उपाधि पनि जितेका छन् । उनले सिटीबाट अहिलेसम्म २०४ गोल गरेका छन् र यो क्लबको कीर्तिमान हो ।

उनले सन् २०१२ मा क्युपिआरसँगको खेलमा इन्जुरी समयमा गोल गर्दै टिमलाई उपाधि दिलाएका थिए । नयाँ सम्झौता गरेका अग्युरोले आफू निकै खुशी रहेको र आएदेखि म्यानचेस्टर सिटीले अहिलेसम्म निकै राम्रो व्यवहार गरेको अग्युरोले बताए ।

नयाँ सम्झौता अनुसार अग्युरोले म्यानचेस्टर सिटीमा एक दशक बिताउने छन् । दशक बिताउने लक्ष्यका कारण पनि आफूले नयाँ सम्झौता गरेको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.