![]()
एजेन्सी । बलिउडमा केही समयदेखि चर्चित निर्देशक महेश भट्टले ‘सडक २’ निर्माणको घोषणा गरेका छन् । महेश भट्टले एक भिडियो सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी दिएका हुन् । यो चलचित्रमा ‘सडक’का हिट जोडी संजय दत्त र पूजा भट्टले काम गर्ने पक्का भएको छ ।
२० बर्षपछि चलचित्र निर्देशनमा फर्किएका भट्टले सन् २०२० को मार्च २५ मा ‘सडक २’ रिलिज हुने घोषणा समेत गरेका छन् । मुकेश भट्टले यो चलचित्र निर्माण गर्दैछन् ।


