Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । रियल सोसिडाडले अग्रता लिएको खेल उल्टाउँदै बार्सिलोना बिजयी भएको हो ।  घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले खेलको १२ औं मिनेटमा आर्टिजको गोलबाट अग्रता बनाएको थियो ।

पहिलो हाफमा खेलमा फर्कन नसकेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै जित निकालेको छ । बार्सिलोनाका लुइस स्वारेज र डेम्बलले गोल गरे । पहिलो हाफमा १–० ले पछि अवस्थालाई उल्टाउँदै खेलको ६३ औ मिनेटमा स्वारेजले बराबरी गोल फर्काए ।

लगत्तै ३ मिनेटमा डेम्बलले गोल गर्दै बार्सिलोनाको  अग्रता २–१ मा पुयाए । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना २–१ ले बिजयी भयो । जितपछि बार्सिलोना ४ खेलबाट १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.