Breaking News.... EverestOnlineKhabar
August 21, 2026

संघीयता बचाउने उपाय खोज्न सातवटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला

Loading

काश्की । सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ। भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता सफल पार्न वित्तीय ब्यबस्थापनका आधार खोजिने बताए। उनले संघीयता सञ्चालनका महत्वपूर्ण उपायबारे छलफल गरिने जानकारी दिए।

प्रदेश सरकारको अधिकारको सवालमा संघीय सरकार अनुदार भएको आरोप प्रदेशका मुख्य मन्त्रीको रहेको छ। अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकारबाट सहयोग हुन नसकेको उनीहरुको भनाइ छ।

भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर परिषद बैठक बस्दैछ। परिषदमा सातै प्रदेशको सामूहिक एजेण्डा बनाउने बारे छलफल हुनेछ। भेलाले परिषदको बैठकमा सामूहिक रुपमा एजेण्डा तयार पारेर प्रस्तुत हुने तयारी गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.