Breaking News.... EverestOnlineKhabar
August 18, 2026

एशिया कप छनोटका लागि मंगलबार नेपाल हङकङसंग भिड्दै

Loading

काठमाडौं।  नेपाल र हङकङ मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार भिड्ने भएका छन्।

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अंक तालिकामा चौथो स्थानमा छ। हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ। नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएर्इ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाई समेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ। चार खेलमध्ये तीनमा जितका साथ ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ।

मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.