![]()
काठमाडौं । एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । २२२ रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव ५ ओभरमा ४७ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य भेट्टाएको हो ।
ओमानको जितमा खवर अलीले अविजित ८४ र जेसान मक्सुडले अविजित ५४ रन बनाए । नेपालका लागि पहिलो ब्याटिङ गर्ने क्रममा सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५,आरिफ शेखले ३६ र करण केसीले २६ रन जोडेका थिए । यस्तै कप्तान पारस खड्का ६, दिपेन्द्रसिंह ऐरी ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए ।
यस्तै रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् । नेपालका लागि एकमात्र विकेट पारसले लिएका थिए भने अन्य २ ब्याट्सम्यान रनआउट भएका थिए ।
नेपालले दोस्रो खेलमा बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।


