Breaking News.... EverestOnlineKhabar
October 2, 2026

रौतहटमा भएको डुंगा दुर्घटनाको घटनाप्रति पूर्व प्रधानमन्त्री नेपालद्वारा दुःख व्यक्त

Loading

काठमाडौं।  रौतहटको गौर नगरपालिकामा रहेको बकैया नदीको टिकुलिया घाटमा भएको डुंगा दुर्घटनामा परि तीन जनाको ज्यान गएको घटना प्रति नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले दुःख व्यक्त गरेका छन्।

सोमबार एक विज्ञप्ति निकाल्दै नेपालले घटना प्रति चासो व्यक्त गरेका हुन्। दुुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन्। डुंगामा सवार २९ जनामध्ये २४ जनाको उद्दार भएको छ। नेपालले दुःखको घडीमा मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

खोजबीनलाई तीव्रता दिई वेपत्ताहरुको यथाशक्य पहिचान गर्न, घाइतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध मिलाउन र मृतकको परिवारलाई उचित राहतको व्यवस्था मिलाउन नेपाल सरकार तथा सम्वन्धित सबै सरोकारवाला पक्षहरुसँग नेपालले आग्रह समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed