Breaking News.... EverestOnlineKhabar
June 27, 2026

काठमाडौं नेपालटारमा १३ बर्षीया बालिका बलात्कृत

Loading

काठमाडौं ।कञ्चनपुर र पोखरामा बालिका बलात्कार र हत्याका खबरले देश नै तरंगित भएकाबेला काठमाडौं नेपालटारमै अर्की बालिका बलात्कृत भएको खबर सार्वजनिक भएको छ। काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन ।

स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.