![]()
ढाका,भदौ ।
म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले न्यायको माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन गरेका छन् ।
आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए । उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए ।
बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए ।
बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै ‘हामी रोहिङ्ज्या हौँ ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए ।


