Breaking News.... EverestOnlineKhabar
August 16, 2026

इजिप्टमा ‘इन्टरनेट’ माथि थप कडाई, जुनसुकै बेला वेबसाइट बन्द हुनसक्ने

Loading

बीबीसी । इजिप्टमा इन्टरनेटमाथिको नियमन थप कडा हुने भएको छ । राष्ट्रपति अब्देल फतह अल–सिसीले इन्टरनेटको नियमन सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेसँगै इन्टरनेट सेवामाथि थप कडाइ हुने भएको हो ।

साइबर क्राइम सम्बन्धी नयाँ कानुन अनुसार देशको सुरक्षा तथा अर्थतन्त्रमा नकारात्मक असर पर्ने जस्तो देखिएमा सरकारले जुन कुनै वेब साइट बन्द गर्न सक्नेछ ।

यस्तै कसैले त्यस्ता खालका वेब साइट सञ्चालन गरेको वा हेरेको मात्रै भए पनि जेल जसाय वा जरिबाना तिर्नु पर्नेछ । देशका रहेको अस्थिरता र आतंकवादलाई नियन्त्रण गर्नका लागि नयाँ कानुन ल्याइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

तर मानव अधिकारवादी समूहहरुले भने सरकारले विरोधी राजनीतिक विचारलाई नियन्त्रण गर्नका लागि नयाँ कानुन ल्याएको आरोप लगाएका छन् ।

कायरोमा रहेको एसोसिएसन अफ फ्रिडम अफ थट एण्ड एक्सप्रेसनका अनुसार ५०० सय भन्दा बढी वेब साइट बन्द भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.