![]()
एजेन्सी ।स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । युरोपियन च्याम्पियन रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ठाउँ लिने उपयुक्त खेलाडी अहिलेसम्म फेला पारेको छैन । रोनाल्डो गएपछि खाली भएको ठाउँ रोनाल्डोले जसरी नै भर्न सक्ने सम्भावित खेलाडीहरू धेरै छन् ।
समर ट्राफर विण्डो बन्द भयो । लामो समयदेखि रियल मड्रिडको नजरमा रहेको भनिएका ब्राजिलियन नेइमार रोनाल्डो गएपछि रियल आउने खबर आएका थिए । त्यसका लागि रियल मड्रिडले कीर्तिमानी रकम तिर्न तयार गरेको खबर पनि आए । रियल मड्रिडले दुईपटकसम्म नेइमारसँग जोडिएका खबरको खण्डन गर्यो ।
अहिले आएर भने रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीका नेइमारलााई क्लब भित्र्याउन ३०० मिलियन युरो तिर्न तयार रहेको खबर आएको छ । नेइमार गएको सिजन २०० मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।
रियल मड्रिड नेइमारका लागि पिएसजीले बार्सिलोनालाई तिरेको भन्दा ७० मिलियन पाउण्ड बढी अर्थात २७० मिलियन पाउण्ड तिर्न तयार भएको स्पोटर्सले जनाएको छ । त्यसका लागि पिएसजी नेइमारलाई बेच्न तयार हुनुपर्छ ।
खेलाडी किनबेचमा खर्चिएको रकमका कारण युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएको प्रतिबन्धमा पर्न सक्ने भए पिएसजी नेइमारलाई बेच्न बाध्य हुनेछ ।


