Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा आफना मातापीताको स्मरणमा पारिवारिक जमघट, ‘मधुपुङ्ग सन्तती समाज’ खोल्ने घोषणा

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफना मातापीताको सम्झनामा पारिवारिक जमघट गरेका छन ।

पीता पुङ्गनाथ खनाल र माता मधुमाता खनालको २०औं स्मृति दिवसको अवसरमा आफनै निवास डल्लुमा उनले पारिवारिक भेटघाट आयोजना गरेका हुन ।

काठमाडौंमा उपलब्ध परिवारका सबै सदस्य जमघटमा सहभागी थिए । आपसमा भेटघाट र कुराकानीकोक्रम नटुटोस भनेर आफना आमाबुवाको स्मृति दिवसको सन्दर्भ पारेर खनालले यो अवसर जुटाएका हुन ।

कार्यक्रममा नेता खनालले मातापीताको सम्झनामा ‘मधुपुङ्ग सन्तती समाज’ नामक संस्था स्थापना गर्ने घोषणासमेत गरे । यो संस्थाले आफना मातापीताका सन्ततीहरुबीच आत्मीयता बढाउने मात्र नभई सामाजिक सेवाका कामहरुसमेत गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.