Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । विश्‍वरभर सूचना प्रविधिले फड्‍को मारिरहँदा दक्षिण एसियाका देशहरुले अब आफ्‍नै भाषामा ‘डोमेन नेम‘ पाउने भएका छन्।  इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) लाई संसारभर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्‍न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको हो।

आइसीएएनएन भारतका प्रमुख समीरन गुप्ताका अनुसार देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध हुनेछ। जसमा नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा भएकाले अब वेबसाइटको डोमेन नेम नेपालीमै राख्‍ने सकिनेछ। योसँगै दक्षिण एसियामा नौ लिपीहरु अन्तर्गत रहेर बोलिन भाषाहरुमा धेरै पर्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.