Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कर्णाली प्रदेशसरकारद्वारा कर्णालीको विकासका लागि केन्द्र सरकारसँग गुहार

Loading

सुर्खेत,साउन ।
कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयसहित दुई साताअघि केन्द्र सरकारसमक्ष प्रस्ताव गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले काठमाडौँ पुगेर प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी हस्तान्तरण गर्नुभएको सो प्रस्तावमा वैदेशिक सहकार्यका लागि वार्तापछि गरिने सम्झौतामा मात्र केन्द्र सरकार साक्षी बस्ने उल्लेख छ । यस्तै १० वर्षसम्म स्वदेशी र विदेशी लगानीकर्तालाई आयकरमा छुट दिन पनि सो प्रस्तावमा माग गरिएकामा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश सरकारका वैदेशिक सहकार्यसम्बन्धी कार्यविधि तयार गरी सहजीकरण गरिने सुझाव दिएका थिए ।
प्रदेशमा सडक, यातायात, जलस्रोत र ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, सिँचाइ, सूचना तथा सञ्चार प्रविधि, शिक्षा र स्वास्थ्य, कृषि, पर्यटन, वन, जडिबुटी र उद्योगमा प्रदेश, केन्द्र र स्थानीय सरकारको बजेट पर्याप्त नहुने भएकाले बाह्य लगानीको साथ लिन खोजिएको हो । कर्णालीको विकास कार्यक्रमका लागि केन्द्र सरकारको विशेष अनुदान, समपुरक अनुदान, आन्तरिक ऋण र वैदेशिक अनुदान लिई पूर्वाधार विकासका लागि र बहुवर्षीय आयोजना सञ्चालनका लागि सहजीकरण गरिदिन नेपाल सरकारसँग औपचारिक प्रस्ताव पठाइसकेको मन्त्री ज्वालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.